अदालतको फैसलाले निजी सम्पत्तिमाथिको अधिकार हनन भयो : नेकपा एस
२०८१ भदौ २३ गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको अधिकार हनन भएको बताएको छ ।
नदी किनारका जमिन खाली गराउने अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन भएको बताएको हो ।
आइतबार पार्टी नेताहरूको छलफलमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतको फैसला र काठमाडौँका मेयरका गतिविधि उचित नभएको बताएका हुन् ।
नेकपा एस जनताको पक्षमा उभिएको बताउँदै अध्यक्ष नेपालले यसका लागि सबै किसिमका संवाद गर्दै दबाबकारी कार्यक्रम गर्न निर्देशन समेत दिए ।
नेकपा एसले पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन गरेको छ ।
२०८१ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








