सरकारविरुद्ध १२ वटा निर्जीवन बिमा कम्पनीले दर्ता गरे सर्वोच्चमा रिट

काठमाडौं । सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । नेपाल बिमा संघ र १२ निर्जीवन बिमा कम्पनीले कोरोना बिमा दाबी भुक्तानीका लागि सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

बिमा कम्पनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।

कोरोना बिमामा पर्ने दाबीमा साढे तीन अर्बमाथिको भुक्तानी सरकारले दिनुपर्ने थियो । तर, सरकारले अझै त्यसबापत रकम दिएको छैन ।

बिमा कम्पनीले तत्काल बजेट निकासा हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतले सोमबारका लागि पेसी तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =