एमाले-कांग्रेस सरकार दसैँ मनाएर आफै ढल्छ, कसैले ढाल्नु पर्दैन : सुदन किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराँतीले वर्तमान सरकार दसैँ-तिहार मनाएपछि आफैँ ढल्ने बताएका छन् ।

अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै किराँतीले यो सरकार आफैँ ढल्ने भएकाले कसैले ढाल्नु नपर्ने बताएका हुन् ।

वर्तमान सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको उनले आरोप लगाए । माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलनतर्फ केन्द्रित हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =