ऐतिहासिक पदक दिलाएकी पलेशालाई सरकारले पुरस्कार सहित सम्मान गर्ने

काठमाडौं । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई सरकारले पुरस्कार सहित सम्मान गर्ने भएको छ । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारेमा जानकारी दिएका हुन् ।

“पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ ! पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो। नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई ! सरकारले उहाँलाई दिन लागेको रु.६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने छ,”प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =