कांग्रेस-एमालेबीच कुनै मतभेद छैन : देउवा (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् ।

बुधवार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस र एमालेबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए । उनले देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने बताए ।

उनले चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको बताए । उनले एमाले र काँग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको बताए ।

यसबारेमा कुनै चिन्ता नलिईकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताए ।

उनले भने ‘अहिलेको बेला चुनौतीपूर्ण ढंगको अवस्था पनि छ । चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरू अझ बढी जागरूक हुनुहुनेछ । कहाँ चुनौती छ, सबैले बुझ्नुभएको छ । प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग काँग्रेस र काँग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो । खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन । एमाले र काँग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरूले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

सभापति देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताए । उनले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताए । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =