आफ्नी दुई छोरीलाई बिष खुवाएर बेपत्ता भएकी आमा पक्राउ
२०८१ भदौ १९ गते

काठमाठौं । आफ्नी दुई नाबालिका छोरीलाई विष खुवाएर बेपत्ता भएकी आमा पक्राउ परेकी छन् ।
दुई छोरीलाई विष खुवाएर बेपत्ता बनेकी आमा अस्मिता पौडेल कार्की झापाबाट पक्राउ परेकी हुन् ।
मोरङको सुन्दरहरैचा–७ बाट शनिबारदेखि बेपत्ता भएकी अस्मितालाई झापाबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।
दुई नाबालिका मृत फेला परेको सुन्दरहरैचा नगरपालिका–७ स्थित केराघारीभित्र तीन र एक वर्षीया नाबालिका मृत फेला परेका थिए ।
मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीका ३ वर्षीया छोरी आइका र १ वर्षीया अर्पणा रहेका छन् ।
२०८१ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








