‘आज सार्वजनिक बिदा’ भन्दै फेक सूचना बनाएको आशंकामा एक युवक नियन्त्रणमा

काठमाडौँ । गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

‘आज सार्वजनिक बिदा’ भन्दै गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार उक्त युवकले गृह मन्त्रालयको पुरानो सूचनालाई आज (बुधवार) को सूचना बनाएर सार्वजनिक गरेको आशं‌कामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

अहिले जिल्ला प्रहरी कार्यालयले ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

ती युवकले नै नक्कली सूचना सम्प्रेषण गरेको पुष्टि भए उनलाई सार्वजनिक गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =