लेखासमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी

काठमाडौं । सार्वजनिक लेखासमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थसमितिमा उजुरी परेको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।

उनले सार्वजनिक लेखासमितिले २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई प्रतिशेयर नेटवर्थ ९० भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आइपिओ) जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन विरुद्ध समितिमा उजुरी परेको बताए ।

उनले लेखा समितिले धितोपत्र बोर्डलाई ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएकाले पुँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै समितिमा उजुरी परेको बताए । उनले धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिएको बताए ।

सार्वजनिक लेखा समितिले प्रिमियममा आईपिओ जारी गर्न दिँदा बोर्डको तजबिजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिष्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रुपमा रहेको लेखा समितिको निर्देशन थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =