प्रकाश तामाङ भेटेपछि प्रधानमन्त्री ओली- अब सहज हुन्छ, खुसी लाग्यो
२०८१ भदौ १८ गते

काठमाडौं । ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भोजपुरबाट नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।
भेटपछि प्रधानमन्त्री ओलीले नागरिकता बनेपछि प्रकाशलाई सहज हुने बताएका छन् । ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो,’ उनलेले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि !’
‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि उनी चर्चामा आएका थिए ।
२०८१ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








