संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार उक्त जिम्मेवारी दिएका हुन् । सो विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =