विकास निर्माण समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : मन्त्री दाहाल

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणका काम समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

नेकपा (एमाले) चितवनले सोमबार भरतपुरमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले विकास निर्माण गरिरहेको बताए । नयाँ प्रस्तावित विकास निर्माणबारे आवश्यक अध्ययन गरी काम अगाडि बढाउने मन्त्री दाहालले जानकारी दिए ।

“विकास निर्माणमा नागरिकस्तरबाट अनुगमन तथा निरीक्षण आवश्यक छ”, उनले भने, “सबै मिलेर समयमै गुणस्तरीय काम गर्न दबाब दिनुपर्छ ।” मन्त्री दाहालले सरकार मुख्य राजमार्गलाई छिटो विस्तार गरेर नागरिकलाई सहज यात्रा गर्ने वातावरण बनाउनेतर्फ केन्द्रित भएको उल्लेख गरे ।

भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, प्रस्तावित वाल्मीकि आश्रमदेखि गोद्धक हुँदै अयोध्याधाम माडी जोड्ने धार्मिक मार्गलगायत विषयमा मन्त्री दाहालको ध्यानाकर्षण गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =