दीपक मनाङेको राजीनामा स्वीकृत
२०८१ भदौ १७ गते

गण्डकी । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङले पदबाट सोमबार दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनले दिएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सोमबार मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्री पाण्डेले आजै नेकपा (एमाले) का चार जना मन्त्री नियुक्त गरेका छन् ।
२०८१ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








