डीएमआई बाइबल स्कुलको होस्टेलमा विद्यार्थीको मृत्यु

कठमाडौं । ललितपुर भैँसेपाटीस्थित एक होस्टेलमा विद्यार्थी मृत भेटिएका छन् ।

डीएमआई बाइबल स्कुलको होस्टेलमा शनिवार बेलुका मोरङ घर भएका सकुल मर्डी मृत भेटिएका हुन् ।

उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको र पोस्टमार्टमका लागि शव पाटन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =