मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताए ।

उनले त्यसभन्दा हप्ता दिन अगाडी नै प्रधानमन्त्री पद छोड्ने बताए ।

उनले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको बताए ।

‘मैले सधैँ मै नेतृत्व गर्छु नेपालको । मै प्रधानमन्त्री हुन्छु अब भनेर हुन्छ अब ? मलाइ मन नपराउनेहरुका लागि म खुशीको खबर भन्दिनँ चाहन्छु, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ,’ उनले भने, ‘मन नपराउनेहरुलाई खुशीको कुरो । त्योभन्दा पनि अलि हप्तादिन अगाडी नै छोड्छु भनेको छु मैले । बढी खाउँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा(एमाले) र नेपाली काँग्रेसका बीचमा भएको सात बुँदे सहमती क्याप्टेन रामेश्वर थापाको घरमा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =