देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक, के छ एजेण्डा ?
२०८१ भदौ १५ गते

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।
बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो ।
महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा हलचल नै सिर्जना भएको छ ।
आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्दैछ ।
२०८१ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








