गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
२०८१ भदौ १३ गते

सांकेतिक तस्बीर ।
काठमाडौं । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको छ ।
सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
२०८१ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








