शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गर्ने एमके कुमार पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रूपक बान्तवा राईको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् ।

राईको हत्या गरी फरार रहेका २२ वर्षीय एमके कुमार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरि बुधवार सार्वजनिक गरेको हो ।

पक्राउ परेका कुमार बारा सिम्रौनगढ नगरपालिका–७ घर भई हाल काठमाडौं–१० साईबाबा पार्क बस्ने गरेका थिए ।

पक्राउ परेका एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रूपकको चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला पारी बरामद गरेको छ ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =