नेकपा एसको उपाध्यक्ष र उपमहासचिवमा को-को विजयी भए ? (सूचीसहित)
२०८१ भदौ १२ गते

काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी भएका हुन् ।
महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने रामकुमारी झाँक्री पराजित भएकी छन् । चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।
२०८१ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








