‘नाडा अटो सो’ : महालक्ष्मी विकास बैंकले सस्तो ब्याजदरमा प्रदान गर्दै सवारी कर्जा

काठमाडौं । काठमाण्डौंको भृकुटीमण्डपमा मंगलबारदेखी सुरु भएको १६ औं संस्करणको ‘नाडा अटो सो’ २०२४ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको हो ।
बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल नम्बर इ ३३ मा गई सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
साथै गत पौषमा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित गरिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु छन् ।
ग्राहकहरुले बैंकको क्युआर मार्फत समेत आवेदन गर्न सक्नेछन् । आजबाट सुरु भएको ‘नाडा अटो सो’ यही भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।








