आफुविरुद्ध नाराबाजी भएपछि देउवाले भने– नेपाली समाजमा नैतिकता हराउँदै गयो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न । नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए ।

सोही विषयमा बोल्दै उनले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए ।

उनले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए । उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताए ।

‘सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत भारतको केही जिल्लाहरु आउनुभएको छ । आदरणीय दाजुभाई दिदिबहिनीहरु, यस्तै छ । यहाँ गौरा पर्व सुन्न आएकाहरु छन् । धेरै साथीहरु । देउडा खेल्न आएका छन्,’उनले भने,‘गौरा पर्व सुन्न दिँदैनन् । न गौरा खेल्न दिन्छन् । यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन् । यसको पछाडि को छ, को तत्व छ, त्यसलाई यहाँका जनताले ठिक पार्नुपर्छ भन्ने मलाई विश्वास छ ।’

सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गरे ।

‘आदरणीय दाजुभाई दिदिबहिनीहरु । अहिले यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरुमा मनाइन्छ,’उनले भने,‘यो अत्यन्तै महत्वपूर्ण चाडपर्व हो यसले यस्ता आयामहरुले हाम्रो देशलाई सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्व खेलेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =