रगताम्मे अवस्थामा भेटियो प्रेमीसँग होटेल गएकी एलिसाको शव

काठमाडौं । मकवानपुरमा एक युवतीको हत्या गरिएको छ ।

हेटौँडाको सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपानेको होटेलको कोठामा हत्या भएको हो । उनको रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार मृत भेटिएकी युवती शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको छ ।

‘एक होटेलमा युवतिको शव भेटिएको हो । पोष्टपार्टमका लागि हेटौँडा अस्पताल लगिएको छ,’ डिएसपी भण्डारीले मकालुखबरसंग भने,‘अनुसन्धान भइरहेको छ । यस विषयमा अहिले नै अरु कुरा भन्न मिल्दैन ।’

आइतबार अपराह्न ४ बजेतिर हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित एक होटेलमा युवकसहित उनी पुगेको बताइएको छ ।

एलिसासँगै आएका युवक भने कोठाबाट भागेको पाइएको छ । युवकले युवतीलाई दुई वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।

युवकको पहिचान खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =