सेयर बजारका समस्या समाधान गर्न सार्थक प्रयास गरिरहेका छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ ।

बुकहिलले प्रकाशन गृहले आइतबार काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताए ।

सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको उल्लेख गर्दै सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना अभिवृद्धि गर्ने मन्त्री पौडेलले बताए ।

सट्टेबाजी नगरी सेयरबाट पैसा कमाउने वेञ्जामिन ग्राहमका एक सय वर्ष अघिका सुत्रलाई आधार बनाउँदै सेयरबाट धनसम्पत्ति बढाउने सुत्र र रणनीति यस पुस्तकमा प्रस्तुत भएका बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । उनले बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सुत्र उपयोगी हुन सक्ने बताए ।

आफ्नो जोखिम लिने क्षमता मूल्याङ्कन गरी सेयर बजारमा तनाबमुक्त तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विभिन्न आधार सुत्रात्मक तबरले समेटिएको पुस्तकका रुपमा सेयर सुत्र रहेको उनले बताए ।

सेयर बजारबारे आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक भट्टराईको यस पुस्तकको बजार मूल्य रु चार सय ९९ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =