रास्वपाको केन्द्रीय समिति बैठक पर्सी बस्ने, मुकुललाई हटाउने एजेन्डा
२०८१ भदौ ९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक मंगलबार बस्ने भएको छ ।
भाद्र ११ गते मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको रास्वपाका सह प्रवक्ता मनिष झाले जनकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा विभिन्न एजेन्डामा छलफल हुनेछ ।
रास्वपाले समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, अनुसन्धानात्मक कारबाही, स्थानीय छाँया सरकार कार्यविधि र विविध विषयमा छलफल गर्ने छ ।
मङ्गलवारकै बैठकबाट पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पार्टीबाट निष्कासित गर्न सक्ने बताइएको छ ।
२०८१ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








