सुनकोशीमा हाइलक्स खस्दा तीन जना बेपत्ता, एक जना हाम फालेर बाँचे

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट सुनकोशी नदीमा हाइलक्स खस्दा तीन जना वेपत्ता भएका छन् । शनिवार साँझ खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो हाइलक्स सुनकोशी नदीमा खस्दा तीन जना वेपत्ता भएका हुन् ।

एक जना सकुशल बाहिर निस्किएका प्रहरीले जनाएको छ । घाइते एक जनाको अवस्था मध्यम रहेको र उनको फुर्कोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वेपत्ता व्यक्तिको प्रहरीले खोजीकार्य तीव्र पारेको छ । नदिमा खसेको हाइलक्सलाई प्रहरीले बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =