सुक्खा पहिरो झरेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

काठमाडौँ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध बनेको छ ।

शनिवार दिउँसो ४ बजेतिर सुक्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित हेडवर्क्स र सिद्धबाबा मन्दिर बीचमा रहेको कुहिरे भिरमा सुक्खा पहिरो झरेको हो ।

दोभान प्रहरी चौकीका अनुसार सडक खाली भएकाले कुनै क्षति भएको छैन । पहिरो पन्छाएर सडक सुचारु गर्न केही समय लाग्ने छ ।

सडक अवरुद्ध भएका कारण अहिले बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरातर्फ जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =