दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठी सुरु

काठमाडौं । राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा शुक्रवारदेखि दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठी सुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको आयोजनामा सुरु भएको गोष्ठिमा खानेपानीमन्त्री प्रदीप यादवको प्रमुख आतित्थ्यता रहेको थिए ।

विभागले आर्थिक वर्ष २०८१/८२ को आयोजना कार्यान्वयनसम्बन्धी गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा सङ्घीय खानेपानी मन्त्रालय मातहतका देशभरिका कार्यालयका प्रमुखको सहभागिता रहेको विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार आज खरिद क्लिनिक लगायतका विषयमा छलफल भएको थियो । शनिबार विभागले प्रतिवेदन पेस गर्नेछ । यसैगरी स्मार्ट फ्लोमिर, पानीको गुणस्तर अनुगमनलगायतका विषयमा पनि छलफल सुरु भएको जनाइएको छ ।

गोष्ठीमा मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य,सहसचिव मीन श्रेष्ठ सहितका कर्मचारीको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =