सबै समुदायका परम्परागत संस्कृतिको जगेर्ना गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत मौलिक संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप बलियो बनाउन सकिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनद्वारा हरितालिका तीज पर्वका अवसरमा शुक्रवारर आयोजित सांस्कृतिक कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष नेपालले सबै जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताएका हुन् ।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाड पर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले संस्कृतिको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले सामाजिक असमानताको अन्त्य गरी पारस्पारिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्न तथा महिला सशक्तिकरणका लागि हरितालिका तीजले सन्देश प्रवाह गरेको बताए ।

मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले राष्ट्रको गौरव बढाउने उनको भनाइ छ ।

समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने उनले बताए ।आफ्नो पार्टी सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा प्रतिबद्ध रहेको अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =