अपडेट

बस दुर्घटनाका १६ घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइयो

बसमा ४४ जना रहेको पुष्टि

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले मकालुखबरलाई जानकारी दिए ।

उनले बसमा ४४ जना यात्रु रहेको पुष्टि गरे । दुर्घटना स्थलबाट ४४ जनाको उद्धार गरिएको उनले बताए । मृतकको सङ्ख्याबारे एकिन विवरण आई नसकेको उनले बताए ।

उनले अस्पतालबाट थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

दुर्घटनामा परी १४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =