बजेट अभावले संरक्षण हुन नसकेको ललितपुरको न्हुँ पोखरी

ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो । २०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।

ललितपुर महानगरपालिका ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताए । ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको उल्लेख गर्दै संरक्षणका कामलाई तीव्रता दिनुपर्नेमा प्राविधिक कारणले ढिलाइ भएको बताए ।

मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउलाले बताए । “हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गथ्र्यौँ । धेरै वर्षसम्म पोखरी सुख्खा थियो,”उनले भने ।

स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन नसकेको बताउँदै महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

हाल पोखरीमा फोहर पानी तथा परिसरमा घाँस उम्रिएको छ भने पोखरीलाई तारबार गरेर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =