महामन्त्रीद्वयको प्रस्तावले कांग्रेस तरङ्गित, बोलाइयो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ ।

गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो ।

प्रतिक्रिया

One thought on “महामन्त्रीद्वयको प्रस्तावले कांग्रेस तरङ्गित, बोलाइयो केन्द्रीय कार्यसमितिको बैठक

  1. महामन्त्रीहरेको प्रसताव समय सान्दर्भिक छ । केन्द्रिय समितिले सर्वसहमत रुपमा अनुमोदन गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =