करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो ।यस्तै भने अर्का एक जना घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु¥याइएको थियो ।उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८ पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका छन् । उनको एपोलो अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए ।

छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवै जनालाई करेन्ट लागेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =