सरकारले हटायो टिकटक प्रतिबन्ध

काठमाडौं । सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले टिकटकले सामाजिक सद्भाव बिथोलेको भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =