परराष्ट्रमन्त्रीको भ्रमणलाई भारतले प्रोटोकलअनुसार सम्मान गरेको छ : सांसद साउद

काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले परराष्ट्रमन्त्री डा. आरजु राणाको भ्रमणलाई भारतले सकारात्मक रुपमा लिएको बताएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारतको बीचमा प्राचिनकालदेखि राम्रो सम्बन्ध रहेको बताए ।

उनले नेपालको प्रजातान्त्रिक सरकारको, प्रजातान्त्रिक पार्टीको प्रतिनिधित्व गरेर भारतमा परराष्ट्रमन्त्रीले गरेको औपचारिक भ्रमणलाई भारतले सकारात्मक रुपमा लिएको बताए ।

उनले भने– ‘नेपाल र भारतको बीचमा प्राचिनकालदेखि नै अत्यन्त राम्रो सम्बन्ध रही आएको छ । यो सम्बन्ध सांस्कृतिक जनस्तर र सरकारको स्तर सबैमा छ । नेपालको प्रजातान्त्रिक सरकारको, प्रजातान्त्रिक पार्टीको प्रतिनिधित्व गरेर भारतमा परराष्ट्रमन्त्रीज्युले गर्नुभएको औपचारिक भ्रमणलाई भारतले पनि सकारात्मक रुपमा लिएको देखिन्छ । उहाँले निर्धारित प्रोटोकलअनुसार रेस्पेक्ट गरेको देखिन्छ ।’

सांसद साउदले परराष्ट्रमन्त्री राणाको भ्रमणलाई भारतले शिष्टाचार सम्मान गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =