संविधान संशोधन साझा सवाल हो, साझा ढङ्गले समाधान गरौँला : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय साझा सवाल भएको भन्दै साझा ढंगले समाधान गरिने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद नारायणी शर्माको प्रश्नको जवाफ दिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषय सबैको साझा विषय भएको बताएका हुन् ।

उनले यो विषय साझा सवाल भएकाले साझा ढंगले नै समाधान गरिने बताए । उनले संविधान कार्यान्वयनको ८ वर्षको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए ।

उनले देश र जनताको हितको पक्षमा, विकास र समृद्धिको पक्षमा हुनेगरी संविधान संशोधन गरिने स्पष्ट पारे ।

उनले भने– ‘संविधान संशोधन हामीले ८ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताको आधारमा गरिने हो । देशको आवश्यकता भन्नाले देशको हितको पक्षमा, जनता, विकास, सुशासन यसको पक्षमा । देशलाई आर्थिक, सुशासन, समृद्धि, समानताको पक्षमा अगाडी बढाउनु जे आवश्यक पर्छ, त्यो गर्ने हो । यसमा आँट र नआँट भन्ने प्रश्न रहदैन । यसमा हामी कसैले आँट गर्ने कसैले आँट गर्छ गर्दैन भनेर हेर्ने होइन । आँट गर्नुपरे सबैले गरौँला । आँट गर्न जरुरी नपरे सबैले नगरौँला । यसमा कसैले आँट देखाउने, कसैले हेर्ने किन गर्नुपरेको छ र ? यो साझा सवाल हो । साझा ढङ्गले समाधान गरौँला ।’

प्रधानमन्त्री ओलीले आवश्यकताको आधारमा संविधान संशोधनको आँट सबैले गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =