मन्त्रालयमा बिना कारण कुनैपनि फाइलहरु रोकिने छैनन् : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा फाइलहरु बिना कारण नरोकिने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले मन्त्रालयमा बिना कारण कुनैपनि फाइल नरोकिने स्पष्ट पारे ।

उनले अविरल वर्षाको कारण र कर्मचारीहरुको व्यवस्थापनका कारण श्रावण महिनामा काम गर्न नसकिएको बताए ।

उनले मन्त्रालय कर्मचारीहरुको व्यवस्थापन गर्न लागिरहेको भन्दै कर्मचारीको व्यवस्थापन पछि काममा कुनै समस्या नआउने बताए ।

उनले आश्विन महिनासम्ममा सबै ठेक्काहरु लगाइसक्ने लक्ष्य मन्त्रालयले राखेको बताए । उनले यस आर्थिक वर्षमा विनियोजित रकमहरु आयोजनाहरुको स्थिति हेरेर क्रमशः अगाडी बढाइने बताए ।

उनले भने– ‘भर्खरै मात्र नयाँ आर्थिक वर्ष शुरु भएको छ । श्रावण महिनामा अविरल वर्षा, बाढी, पहिरोका कारणले यो महिना काम गर्नसक्ने स्थिति भएन । हामीले कर्मचारीहरुको पनि व्यवस्थापन गर्नुपर्ने छ । कहाँ, कसलाई राख्ने ? त्यो काम पनि गर्न लागिरहेका छौँ । त्यो कामहरु व्यवस्थित गरिसकेपछि कुनैपनि फाइलहरु भौतिक पूर्वाधार मन्त्रालयमा रोकिने छैन । यहाँहरुलाई म यो विश्वास दिलाउन चाहन्छु । कुनैपनि फाइलहरु भौतिक पूर्वाधार मन्त्रालयमा बिना कारण रोकिने छैनन् । यो वर्षातको समय हो । आश्विनसम्ममा सम्पूर्ण ठेक्काहरु लगाइसक्ने हाम्रो लक्ष्य रहेको छ । आश्विन महिनासम्ममा यो वर्ष विनियोजित भएको रकम, जहाँ जहाँ आयोजनाहरुमा विनियोजित भएको छ, ति आयोजनाहरुको स्थिति हेरेर क्रमशः फाइलहरु हेरेर अगाडी बढाउने लक्ष्य रहेको जानकारी गराउन चाहन्छु ।’

उनले ड्राइभिङ लाइसेन्सलाई राष्ट्रिय परिचयपत्र र नागरिक एपसँग जोड्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =