देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ : सांसद पन्त

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताइन् ।

उनले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् ।

उनले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गरिन् ।

उनले भने– ‘देशभर डेंगुको प्रकोपले जनता हैरान छन् । डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ कता छ ? त्यो जान्न चाहन्छु । हामीसँग विवरण छैन । हामीलाई थाहा छ, डेंगुले नेपाली जनतालाई धेरै दुःख दिएको छ । हरेक जिल्लामा पुगेको छ । हैजा फैलिएको छ । हैजाको कहाँ कहाँ पुगेको छ, कारण के हो ? त्यो कारण पत्ता लगाइ सरकारको जवाफको निम्ति अध्यक्षज्युको रुलिङ होस् । यति लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति अध्यक्षज्युले रुलिङ पनि गर्नुभएको छ । सरकारले नसुनेको हो की ? हामी जान्न चाहन्छौँ ।’

सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =