त्रिविलाई कम्युनिस्टकरण गर्न खोजियो, यो किमार्थ स्वीकार्य छैन : योगेन्द्र रावल

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिविका नेता योगेन्द्र रावलले शिक्षालयहरूलाई कम्युनिष्टकरण गर्न खोजिएको आरोप लगाएका छन् । समाजशास्त्र विभागको प्रमुख नियुक्तिलाई लिएर विश्वविद्यालयका पदाधिकारीहरूलाई धम्की दिएको आरोप खेपिरहेका उनले उल्टो आरोप लगाएका हुन् ।

शिक्षामन्त्री विद्या भट्टराई र त्रिवि शिक्षाध्यक्ष खड्ग केसीको सेटिङमा आफ्ना कार्यकर्ता भर्ती गर्न खोजिएको उनको दाबी छ । ‘माननीय शिक्षा मन्त्री र शिक्षाध्यक्ष खड्ग केसीको सेटिङमा आफ्ना कार्यकर्ता भर्तीको कार्य त्रिविमा तत्काल सम्भव नभएपछि लालपत्रकारहरुको झुण्डले फैलाएको भ्रामक समाचारको नेपाली समाजमा कुनै स्थान छैन ! हुनुहुँदैन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

नेता रावलले ‘लाल पत्रकार’मार्फत प्रायोजित समाचार प्रवाह गराएको आरोप समेत लगाए । उनले अगाडि भनेका छन्, ‘स्मरण रहोस्- सुनियोजित ढंगले विश्वविद्यालयको पाठ्यक्रममै डेमोक्रेटिक बिचारहरूलाई बन्देज गर्ने, शिक्षालयहरूबाट कम्युनिष्टिकरणको अभ्यास गर्न खोज्ने, प्रजातान्त्रिक आस्था राख्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूमाथि नियोजित ढंगबाट निर्मम संरचनागत प्रहार गर्ने र आफ्नो अक्षमताको ढाकछोप गर्न प्रियतावादी राजनीति गर्ने अनि अमुख शक्तिको निर्देशनमा विश्वविद्यालयको फराकिलो दायरा खुम्च्याउने कुचेष्टा त्रिभुवन विश्वविद्यालयमा सम्भव छैन । यो किमार्थ स्वीकार्य छैन ।’

  • यस्तो छ उनको भनाई :-

प्रधानमन्त्री केपी शर्मा ओली ज्युका पूर्व प्रेससल्लाहकार कुन्दन अर्याललाई त्रिविका शिक्षाध्यक्ष कमरेड खड्ग केसीले माननीय शिक्षा मन्त्रीको निर्देशनमा आफ्नै कार्यालयमा बोलाई लालाधारी पत्रकारहरूलाई कृत्रिम सुरक्षा थ्रेटको अफवाह फैलाउन खामबन्दी रकम बुझाएपछिका प्रायोजित समाचारहरू नजिकबाट नियालिरहेको छु ।

स्मरण रहोस्- सुनियोजित ढंगले विश्वविद्यालयको पाठ्यक्रममै डेमोक्रेटिक विचारहरूलाई बन्देज गर्ने, शिक्षालयहरूबाट कम्युनिष्टिकरणको अभ्यास गर्न खोज्ने, प्रजातान्त्रिक आस्था राख्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु माथि नियोजित ढंगबाट निर्मम संरचनागत प्रहार गर्ने र आफ्नो अक्षमताको ढाकछोप गर्न प्रियतावादी राजनीति गर्ने अनि अमुख शक्तिको निर्देशनमा विश्वविद्यालयको फराकिलो दायरा खुम्च्याउने कुचेष्टा त्रिभुवन विश्वविद्यालयमा सम्भव छैन । यो किमार्थ स्वीकार्य छैन ।

माननीय शिक्षा मन्त्री र शिक्षाध्यक्ष खड्ग केसीको सेटिङमा आफ्ना कार्यकर्ता भर्तीको कार्य त्रिविमा तत्काल सम्भव नभएपछि लालपत्रकारहरुको झुण्डले फैलाएको भ्रामक समाचारको नेपाली समाजमा कुनै स्थान छैन ! हुनुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =