मुकुल ढकाललाई रास्वपाले दियो अन्तिम मौका, २४ घण्टे स्पष्टीकरण सोध्ने
२०८१ भदौ ५ गते

काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पार्टीले अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।
बुधवार बसेको केन्द्रीय समिति बैठकले मुकुललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सफाइको लागि अन्तिम मौका दिने बताए ।
‘केन्द्रीय अनुशासन आयोगले साधारण सदस्यबाट किन निष्कासन गर्न प्रमाणसहित प्रतिवेदन दिएको छ । त्यसमाथि छलफल भयो,’ झाले मकालुखबरसंग भने ‘सफाइको मौका दिनुपर्छ भनेर २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका छौं ।’
२०८१ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








