पाँच दिने भारत भ्रमण

परराष्ट्रमन्त्री आरजुलाई नसोचेको सम्मान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा छिन् । उनी ५ दिने भ्रमणका लागि भारत गएकी हुन् । भारतमा परराष्ट्रमन्त्रीले आफ्नो स्वास्थ्य उपचार गरिरहेकी छन् ।

भारत भ्रमणका क्रममा आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

परराष्ट्रमन्त्री डा. आरजुको भारत भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । भारतले परराष्ट्रमन्त्री आरजुलाई दिएको सम्मान र महत्वलाई लिएर राजनीतिक वृत्तमा चियोचर्चा भइरहेको हो ।

आरजुलाई भारत सरकारले प्रधानमन्त्रीसरहकै सम्मान र स्वागत दिएको छ । उनले पाएको त्यो सम्मान र स्वागत अनपेक्षित रहेको जानकारहरू बताउँछन् ।

परराष्ट्रमन्त्री डा. आरजुलाई मोदीले दिएको महत्वले नेपाल-भारत सम्बन्धन थप मजबुत बनेको आङ्कलन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =