पराष्ट्रमन्त्री आरजु र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
२०८१ भदौ ३ गते

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करबीच सोमबार दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
उनीहरुबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मन्त्री डा.राणालाई भारतीय विदेशमन्त्री एस जयशङ्करले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री नियुक्त भएपछिको मन्त्री राणको यो पहिलो विदेश भ्रमण हो । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किनेछिन् ।
२०८१ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








