महिलाहरूलाई कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी गर्न ढिला गर्नुहुन्न : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले महिलाहरूलाई कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी गर्न ढिला गर्न नहुने बताएकी छन् ।

भारतको एक अस्पतालमा कार्यरत महिला चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा आफ्नो धारणा व्यक्त गर्दै उनले कार्यस्थलहरू महिला मैत्री र महिलाको लागि सुरक्षित हुनुपर्न बताइन् ।

‘अस्पताल मात्र होइन प्रत्येक कार्यस्थलहरू महिला मैत्री र हाम्रा महिला दिदीबहिनी, आमा, छोरी, चेलीको लागि सुरक्षित हुनुपर्छ । बनाइनुपर्छ । म पुनः दोहोर्‍याउँछु यदि एक महिला, भलै चिकित्सक भएर पनि, अस्पतालभित्र नै सुरक्षित छैनन् भने यसले हाम्रो समाजको डरलाग्दो चरित्र चित्रण गरिरहेको छ जसले निकै गम्भीर चेतावनी दिइरहेको छ कि कुनै पनि महिला कुनै पनि स्थानमा सुरक्षित छैनन्,’उनले भनिन,‘विश्व समुदायले प्रत्येक महिला, प्रत्येक आमा, प्रत्येक दिदीबहिनी, प्रत्येक छोरी चेलीलाई समाज र प्रत्येक कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी गर्नको लागि तत्काल आवश्यक कदमहरू चाल्न कत्ति पनि ढिला गर्नुहुन्न ।’

भारतको कोलकताको मेडिकल कलेजमा स्नातकोत्तर अध्ययनरत ३१ वर्षीया आवासीय चिकित्सक डा.मोमिता देवनाथको बलात्कारपछि हत्या भएको थियो ।

उक्त घटनामा अहिले भारतमा आन्दोलन चर्किएको छ । चिकित्सकहरूले काम ठप्प पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =