खेल होस् या राजनीति फउल खेल्नु हुँदैन, नत्र आउट भइन्छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमा र राजनीति दुवैमा फउल खेल्न नहुने बताएका छन् ।

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फउल खेल्न नहुने बताए ।

उनले इमानदार भएर खेल्नुपर्ने बताउँदै फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने बताए ।

‘खेलको मैदानमा प्रतिस्पर्धा गरिरहँदा अनुशासनमा खेल्नुपर्छ । राम्रो खेलाडीले फउल खेल्दैनन्, नराम्रा खेलाडीले फउल खेल्छन्,’उनले भने,‘फउल खेल्नु असत्य हो, फउल खेल्नु अन्याय हो ।’

उनले आफ्नो अनुकूल ढंगले गोलपोष्ट सार्ने नभएर जहाँ गोलपोष्ट छ, त्यहाँ सही ढंगले प्रहार गरेर गोल गर्ने गर्नुपर्ने उनले बताए ।

‘आफ्नो अनुकूल ढंगले गोलपोष्ट सार्ने होइन, जहाँ गोलपोष्ट त्यहाँ सही ढंगले प्रहार गरेर गोल गर्ने हो ।, उनले भने, अनुशासन विना खेलसमेत चल्दैन, समाज र राजनीति चल्छ होला ?’

उनले अनुशासन विना खेल नचल्ने बताउँदै उनले समाज चल्ने कल्पना गर्न नसकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =