संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य हुँदैन : सांसद भुसाल

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने सर्तमा नयाँ गठबन्धन बनाइएको बताए । उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने रु भन्ने प्रश्न रहेको बताए । उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए ।

उनले भने ‘अनियमितता बढेर गएका छ । बेरुजु बढेर गएको छ । अनियमितता बढेर गएको छ भन्नुको मतलब भ्रष्टाचार बढेर गएको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन । यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस् । अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन् । संविधान संशोधन गर्ने सर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ । हाम्रो संविधान असंशोधनीय दस्ताबेज होइन । संशोधन हुनसक्छ । तर संशोधन के उद्देश्यले गर्ने रु कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो । यदि यसो हो भने यो स्वीकार्य हुनेछैन । यसलाई कुण्ठित गर्नेकुरा सहन सक्दैनौँ । दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन ।’

सांसद भुसालले दुई दलबीचको सहमतिले संविधानका मूलभूत मान्यताहरूमाथि प्रहार गर्न नपाइने बताए । उनले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =