सहकारी प्रकरणमा रविपछि विपिन पनि मुछिए, समितिले लियो बयान

काठमाडौं । सहकारी छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।

आइतबार समितिले आचार्यसँग बयान लिएको हो । गोर्खा मिडियाका क्रिएटिभ डाइरेक्टर समेत रहेका उनीसँग समितिले रकम अपचलनबारे बयान लिएको हो ।

सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछाने मात्र होइनन्, पार्टीका सहमहामन्त्री आचार्य पनि जोडिएका छन् ।

२०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातहरूबाट खुलेको छ ।

आचार्यले सहकारीको रकम गोर्खा मिडियामा ल्याएका मात्र होइनन्, गोर्खा मिडियाबाट आफ्नो कम्पनीमा पनि सारेका खुलासा भएको छ ।

आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’को खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको खुलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =