सुलेमानसँग दुबई उड्न लागेकी रन्जनालाई श्रीमानले लगे

काठमाडौं । कैलालीको धनगढीबाट एक पुरुषसँग भाग्न खोजेको भन्दै पक्राउ परेकी महिलालाई श्रीमानको जिम्मा लगाइएको छ । लम्कीचुहा नगरपालिका-८ की ३५ वर्षिया रन्जना चौधरीलाई श्रीमानको जिम्मा लगाईएको हो ।
महिलासँगै पक्राउ परेका सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका सुनसरीका ३५ वर्षीय सुलेमान मनसुरीलाई आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर गङ्गादत्त बडुले बताए। ‘महिलाको घरमा असमझदारी रहेछ, युवक र उनको सामाजिक सञ्जालबाट कुराकानी हुँदो रहेछ,’ उनले भने, ‘काठमाडौंसम्म जान खोजेको पाईयो, त्यहाँबाट दुबई जाने योजना रहेछ तर, श्रीमान आफैले लगेपछि मुद्धा चलाउनु परेन ।’
शुक्रबार दिउँसो १३ः०५ बजेको श्री एयरलाईन्सको धनगढी-काठमाडौं उडानमा टिकट काटेकी महिलाले बोर्डिङपास बनाउने बेलामा काउन्टरमा शकास्पद गतिविधि गरेपछि प्रहरीले केरकार गर्दा उनी सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका ३५ वर्षीय सुलेमान मनसुरीसँग भागिरहेको खुलेको थियो ।
विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायव निरिक्षक समुद्र पन्तले बोर्डिङ पास बनाउने बेला परिचयपत्र नदिएको, ठेगाना पनि गलत बताएको र कुराकानी गर्दा अकमकाएपछि पोस्टमा ल्याएर सोधपुछ गर्दा उनी भाग्न लागेको खुलेको हो । सुनसरीका ३४ वर्षका सुलेमान दुबईबाट सिधै काठमाडौं विमानस्थलमा ओर्लिएर धनगढी आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ ।
यो पनि : अर्काकी श्रीमती दुबई उडाउन खोज्ने सुलेमान विमानस्थलमा पक्राउ








