प्रभाकरले पार्टी फुटाउँछन् भन्ने आशंका हट्यो, अब एकताबद्ध भएर जान्छौं : प्रचण्ड

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतावद्ध रहेको र एकतावद्ध भएर केन्द्रिय कमिटी बैठकमा जाने बताएका टन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धाराण राख्नुभएको बताए । उँले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए । उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्नेकुरा नेतृत्वबाट नभनिएको उनको दाबी छ ।

उनले भने, ‘स्थायी कमिटीको बैठकमा जब हामी गयौँ, केही कमरेडले अलि भिन्न ढंगले राख्नुभएको थियो । सबैलाई थाहा नै छ । कमरेड जनार्दन शर्माले लिखित रुपमा राख्नुभएको थियो । उहाँले मेरो फरक मत हो भनेर त राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले आफ्नो मतको रुपमा राख्नुभयो । यो मेरो फरक मत होइन, मत मात्रै हो । अरु साथीहरुले मुखले भन्नुभयो, मैले लेखेर भनेको मात्रै हो भनेर स्पष्ट पनि पार्नुभयो । तर बाहिर के हो ? भन्ने आशंका र तरंग पैदा भयो । स्थायी समितिको बैठकको अन्त्यसमम आइपुग्दा हामीले त्यसलाई मुख्य रुपमा सम्बोधन ग¥यौँ । जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले त्यो भाषा त कहिल्यै भनेको थिएन । तर विभिन्न मानिसहरुले आएर सुनाउने गरेका थिए । त्यसले यदाकदा के हो ? भन्ने भएको थियो । स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट पार्नुभएको छ । जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु । पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ । अब एकतावद्ध भएर जाने हो । कसैले भन्दैमा त्यो आशंका राख्न परेन । उहाँले उठाएका गम्भीर आशंकाका विषय छन् । व्यवहारिक कुराहरु आशंकाका छन् । ति पनि स्थायी समितिको बैठकको अन्त्यसम्म आउँदा क्लियर हुने भनेको छु ।’

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाए । उनले आगामी दिनमा देशव्यापी रुपमा अभियान सञ्चलन गर्ने बताए । जनतासँग सम्बन्धित भएर पार्टी रुपान्तरण एवं एकीकरण गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =