सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरीको कन्चनरूप नगरपालिका-१० बदगामास्थित सडकमा को १ ख ७४१४ नम्बरको ट्याङकर र प्र१-०२-०४७ प १२८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

ण्दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरी हरीनगरा गाउँपालिका-३ बस्ने ४१ वर्षीय महेश कुमार मेहताको घटनास्थलमै र गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४२ वर्षीय जय प्रकाश मेहताको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका ट्याङकर चालकको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =