गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर हुनु आवश्यक छः डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्न सके समस्या पहिचानका लागि बिरामीले अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने बताएका छन्।

नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बुढीगङ्गा गाउँपालिका–७ स्थित डङ्ग्राहामा आज निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेता डा कोइरालाले जनताले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेकाले प्रतिष्ठानले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए।

उहनले भने, “जनताले गाउँघर मै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले पनि जनताको चाहनालाई बुझेर गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ, यसले सामान्य बिरामीको तत्कालै उपचार हुन्छ भने जटिल र दीर्घरोगका बिरामीलाई तत्कालै अस्पताल जान सहयोग पुग्छ । त्यसैले यस्ता कार्यक्रम आवश्यक छन् ।”

प्रतिष्ठानले शिविरमा मिर्गौला, मुटु, मधुमेहलगायत रोगको परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरेको थियो । यस्तै इको, इसिजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याव सेवा प्रदान गरी जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा थप उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए।

उनले शिविरमा पाँच सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको र नेता डा कोइराला पनि आफैँ बिरामीको परीक्षण गर्न खटिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =