अमेरिकाले नेपाली सेनालाई नयाँ हेलिकोप्टर किन्न सहयोग गर्ने

अमेरिकाले नेपाली सेनालाई नयाँ हेलिकोप्टर खरिदका लागि सहयोगको प्रतिबद्धता आएको छ ।
आफ्नो नेपाल भ्रमणका दौरान व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले विपद् प्रतिकार्य प्रयोजनार्थ सेनालाई नयाँ हेलिकोप्टर खरिदका लागि सहयोग गगर्ने सहमती जनाएका हुन्।
शुक्रबार बिहान नेपालको एकदिने भ्रमणमा आएका उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरे ।
यस्तै उनले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिका बारेमा कुरा गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालका अधिकारीहरूसँग पनि भेट गरे।
त्यस्तै यूएसएआईडी नेपालको साझेदार नेपाल टी कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गरे ।
उपविदेशमन्त्री वर्मा शनिबार भारत जाने छन् । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।








