गृहमन्त्री लेखकद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण

गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् ।

शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उनले भने, ‘यो परियोजना हाम्रो लागि राम्रो यो । यो परियोजना समयमै सम्पन्न हुने छ भन्ने विश्वास छ ।’ समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले बताए ।

‘परियोजना समयमै सम्पन्न गर्ने कुरामा जानू होला । हाम्रो तर्फबाट कुनै समस्या हुँदैन । स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी हुँदैनौँ,’ गृहमन्त्री लेखकले भने ।

यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए ।

‘भारतको सबैभन्दा ठुलो अनुदानको परियोजना हो । यो समयमै सम्पन्न हुन्छ । यसको दूतावासले निरन्तरता निगरानी गरिरहेको छ । १०–११ महिनामा यो काम सम्पन्न गर्नुपर्छ । यो परियोजना समयमै सम्पन्न हुनु भारत र नेपालका लागि राम्रो हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =